Advertisement
SKIP THIS
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ

काठमाडौ:ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब(इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

सिद्धिचरण नगरपालिका वडा नम्बर एकमा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको काफ्लेले बताए।

तपाईको प्रतिक्रिया