Advertisement
SKIP THIS
रुपा सुनार घटना प्रकरण, शिक्षामन्त्री श्रेष्ठले माफी मागे

काठमाडौं :राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ । मंगलबार कार्यालयमै बोलाएर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको हो ।

आयोगले उनलाई आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा.टिकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । उ

तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएकी थिइन् । उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ परेकी थिइन् ।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएकै दिन प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको सरकारी गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । उनले प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याएका थिए ।

उक्त घटनापछि शिक्षामन्त्री श्रेष्ठको चौतर्फी बिरोध भइरहेको छ भने मन्त्रीबाट नै राजिनामा माग भइरहेको छ । यसैको बिरोधमा शिक्षामन्त्री श्रेष्ठको देशका विभिन्न ठाउँमा उनको पुत्ला समेत दहन भएको छ ।

तपाईको प्रतिक्रिया