Advertisement
SKIP THIS
कारबाहीमा परेका नेतालाई समेत ओलिले बोलाए बैठकमा

काठमाडौं :नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई आमन्त्रण गरिएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई बोलावट भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उनले भने, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’ 

बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने बताइएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।

शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको एक नेताले बताए । 

तपाईको प्रतिक्रिया