Advertisement
SKIP THIS
टीकापुर अस्पताल २ सय शैयाको बन्दै

टीकापुर:टीकापुर अस्पतालको स्तर उन्नती हुने भएको छ । असार १३ गते आईतवार सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषदको बैठकले अस्पतालको स्तर बृद्धी गर्ने निर्णय गरेको हो । अस्पतालको स्तर बृद्धी गरी २ सय शैयाको हुने निर्णय भएको छ । हाल अस्पताल ५१ शैयाको रहेछ।

अस्पतालको सेवा बृद्धी हुने हो भने सुदूरपश्चिमका कैलाली, अछाम र बर्दियाको आधा भागका जनताले प्रत्यक्ष राहत पाउने छन् । ‘‘सुदुरपश्चिम सरकारको निर्णय स्वागत योग्य छ , टीकापुरका जनताको भावनालाई सरकारले सम्बोधन गरेको छ,’’ टीकापुर अस्पतालका अध्यक्ष दिपक रावलले बताए ।

टीकापुर अस्पतालमा अहिले १६ जना डाक्टर र ३३ जना स्वास्थ्कर्मी छन् भने विकास तर्फ २३ जना स्वास्थ्कर्मी र कर्मचारी कार्यरत छन् ।अस्पतालमा हाडजोर्नी बिषशेज्ञ, एमडिजीपि, स्त्रीरोग र बालरोग बिषशेज्ञ डाक्टर कार्यरत छन् । २ जना बिषशेज्ञ डाक्टरको मासिक पारिश्रमिक टीकापुर नगरपालिकाले भुक्तानी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया