Advertisement
SKIP THIS
‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज

काठमाडौं:तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदैछ।

मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

उहाकी धर्मपत्नी बिधादेबि भण्डारी एक कार्यकाल खायर दोस्रो कार्यकालमा देशकै प्रमुख राष्ट्रपति भईरहदा उहाँकै समकक्षी केपि शर्मा ओली प्रधानमन्त्री हुदा समेत उनको हत्यारा पत्ता लगाउन घटनाको अनुसन्धान गर्न कुनै चासो समेत दिएका छैनन् ।

तपाईको प्रतिक्रिया