निराकरण सम्वाददाता अछाम:हिमाल पारीको जिल्ला मनाङबाट १७ दिन लगायर हिड्दै अछाम पुगेर साफेको एक गल्लिमा सुतिरहेका बाजुराका ३० बर्षिय गणेश रावलको उद्दार गरिएको छ।
दाही ग्याङ अछामका संयोजक उमेश कुवरको पहलमा उनको उद्दार गरिएको हो। बरोजगार भएपछि रोजगारको विकल्प नहुदाँ उनि भौतारिदैँ काठमाण्डौँ पुगेका बाजुराका गणेश त्यहाबा कामको शिलशिलामा मनाङ पुगेका थिए ।
मनाङका एक ठेकेदार मार्फत काम गरिरहेका गणेश र उनका ४ जना साथिहरुलाई अलपत्रमा छोडेर ठेकादार भागे पछि उनी हिड्दै १४ दिन लगाएर चितवन नारायणगढ पुगे नारायणगढ पुगेपछि गणेशका ४ जना साथिले साथ छोडर अर्को तर्फ लागको उनलेे बताए ।बचेको पैसा पनि सकिएपछि गणेश भोकभोकै चितवनबाट बाजुराका लागि हिडेको बताउँछन।
बाजुरा जिल्लाको बढीमालिका नगरपालिका वडा नं. ८ का ३० बर्षिय गणेश रावल यत्रतत्र पर्दै १७ दिनमा अछामको साफेबगर पुगेका उनी भोगले गर्दा साफेको एक गल्लिमा सुतेका थिए । उद्दारको क्रममा उनले हातमा चोट लागको भनेपछि बयालपाटा अस्पतालमा परिक्षण गर्दा उनको हात भाचिएको र अस्पतालका हेल्थ असिस्टेन्ट छत्र साउदको टिमले उनको उपचार गरेको दाहि ग्याङ संयोजक उमेश कुवरले बताए ।
उपचार पछि संयोजक कुवरको पहलमा नगद रु ५ हजार सहयोग गरि बढीमालिका नगरपालिका वडा नं. ८ को जिम्मा लगाईएको छ।