Advertisement
SKIP THIS
सिटीईभिटीका केन्द्रीय अध्यक्ष खड्काको नेतृत्वमा अछाममा स्वास्थ उपकरण सहित औषधि सहयोग

निराकरण सम्वाददाता अछाम :सिटीईभिटीका केन्द्रीय अध्यक्ष निराजन खड्काको नेतृत्वमा आईतबार अछामका बिभीन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ उपकरण , स्वास्थ सामाग्री र औषधि हस्तान्तरण गरिएको छ।

ताईवानको बोधसत्वा बिहार सस्था काठमाण्डौ सहयोगमा लुंग्रा स्वास्थ्य चौकी, बान्नीगढी जयगढ गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर,पल्स अक्सिमिटर,थर्मल गन,फेस मास्क,एन ९५ मास्क ,सर्जिकल मास्क,पिपिई सेट,ह्यान्डवास,स्यनिटाइजर, तथा विभिन्न किसिमका आवश्यक औषधिहरु सहयोग गरिएको सिटीईभिटीका केन्द्रीय अध्यक्ष निराजन खड्काले बताए ।

बयालपाटा अस्पतालमा नेपाली कांगेस अछामका पाटी सभापती भरत कुमार स्वारको रहोबरमा अस्पतालमा प्रमुख डा. मन्दीप पाठकलाई उप्त सामाग्री हस्तान्तरण गरिएको थियो । कोरोना महामारीमा सबैले आ आःनो ठाउँ बाट सहयोग गरे कोरोना महामारी जस्ता महामारी नियन्त्रणमा सहयोग पुग्ने नेपाली कांगेस अछामका पाटी सभापती भरत कुमार स्वारले बताए ।

महामारीका बिच काठमाण्डौ बाट अछामको लागि स्वास्थ्य उपकरण, स्वास्थ्य सामाग्री ल्याएको सिटीईभिटीका अध्यक्ष खड्कालाई सभापती स्वारले धन्यवाद दिए । सामाग्री बुझ्दै अस्पतालका प्रमुख डा. मन्दिप पाठकले यसरी सहयोगी महानुभाव हरु जुट्दै जादाँ स्वास्थ्यकर्मीमा समेत उच्च मनोबल बढेको बताए ।आगामी दिनमा समेत अपेक्षा गरेको बताए । बयालपाटा अस्पतालले नि शुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेको बताउदै अस्पताल दिर्घकालिन रुपमा सञ्चालन गर्न सबैले सहयोग गर्नु पर्ने डा. पाठकले बताए ।

यस्तै बान्नीगढी जयगढ गाउँपालीकामा सामाग्री बुझ्दै गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँपालीका कोरोना महामारी सँग लडीरहेको बताउदै सिटीईभिटीका केन्द्रीय अध्यक्ष निराजन खड्का नेतृत्वले सहयोग गरेको सामाग्रीले कोरोना महामारी सँग लड्न बल पुग्ने बताए। महामारीको बिच बिधार्थीहरु समेत मनकारी अभियानमा लागेर समाजका अन्य ब्याक्तीलाई समेत समाज सेवामा लाग्ने प्रेरणमा मिलेको बताए।

तपाईको प्रतिक्रिया