Advertisement
SKIP THIS
खोलाले बगाउँदा डोटीमा पाँच वर्षीया बालिका बेपत्ता

डोटी:डोटीमा खोलाले बगाउँदा पाँच वर्षीया बालिका बेपत्ता भएकी छन्। शनिवार गोठाला गएको बेला जिल्लाको पुर्विचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा पुर्विचौकी गाउँपालिका–४ का भिम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।

बालिका बगेर बेपत्ता भएको खबरपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरिक्षक नारायण दत्त बडुको कमाण्डमा प्रहरी टोली घटनास्थलमा हिडेको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले बताए।

स्थानिय र प्रहरी टोलिद्धारा बालिकाको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया