Advertisement
SKIP THIS
मेल्लेखमा ९० जना विपन्न बालबालिकालाई २ लाख ८० हजार भन्दा बढिको खाद्यान्न सहयोग

लालबहादुर चदारा मेल्लेख: मेल्लेख गाउपालिकामा ९० जना विपन्न परिवार बालबालिकाहरुलाई २ लाख ८० हजार बढीको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

वाक नेपाल र वल्र्डभिजनको साझेदारीमा संचालित उत्थानशिल जिविका पार्जन तथा पोषण परियोजना अन्तर्गत जोखिममा रहहेका विपन्न परिवारका बालबालिका हरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

अति जोखिम विपन्न परिवार र समस्यामा परेका बालबालिकाहरुको जिवन स्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो ।

खाद्यान्न सामग्री वितरण ,वडा न .४ कुस्कोट मा ३० जना वडा न ५ विन्धेबासनिका २० जना वडा न ६ शोडाषादेबिमा २० जना र वडा न ७ नन्देगडामा २० जनालाई गरि जम्मा ९० जनालाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ ।

प्रति व्यक्ति ३० केजि चामल ३ केजि दाल दुई पोका नुन २ के जि चिनि र दुई लिटर तेल गरि पर बालबालिकालाई ३ हजार १ सय २६ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको बताएको छ ।

खाद्यान्न सामग्री वितरण कार्यक्रम वाक नेपालका उपाध्यक्ष बल बहादुर केसिको अध्यक्षतामा भएको वितरण कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहरा रहेका थिए ।

अध्यक्ष बोहराले वितरण कार्यक्रममा बोल्दै मेल्लेख गाउपालिकाको समन्वयमा संस्था मार्फत हरेक कार्यक्रमबाट मेल्लेखमा रहेका बालबालिका हरुलाई थप सहयोग पुगेको भन्दै संस्था लाई धन्यवाद दिए।

खाद्यान्न राहत वितरण कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष वीर बहादुर साउद ५ का अध्यक्ष रमेश खड्का ६ का अध्यक्ष नरपती रावल ७ का अध्यक्ष नर बहादुर साउद वाक नेपाल का अनुगमन अधिकृत जगत रावल जिविका पार्जन परियोजना अधिकृत धिरज ढुङ्गेन सामाजिक परिचालक कविता साउद सुरेश कुवर लगायतको सहभागिता रहेको थियो खाद्यान्न सामाग्री बितरण कार्यक्रम को संचालन सामाजिक परिचालक रमेश भुलले गरेका थिए ।

तपाईको प्रतिक्रिया