Advertisement
SKIP THIS
घरमा श्रीमान् नभएको मौका छोपि महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ

वीरगञ्ज-श्रीमान् घरमा नभएका बेला एक महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरी पक्राउ गरेको छ।
पर्साको पटेर्वा सुगौली गाउपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारीलाई महिलालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारी गत सोमबार राति १२ बजेको समयमा सोही स्थानकी २० वर्षीय युवतीको सुत्ने कोठामा झ्यालबाट प्रवेश गरेको आरोप लागेको छ।

युवतीका श्रीमान् कामको सिलसिलामा घरबाहिर रहेका बेला सुत्ने कोठाको झ्यालबाट प्रवेश गरि जबरजस्तीकरणी गर्न खोजेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।

पीडित महिलाले जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया