Advertisement
SKIP THIS
मन्त्रीको जिम्मेवारी हेरफेर : बिष्णु पौडेलले पाए ५ मन्त्रालय

काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन्।

परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री ओलीले अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन्। जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्।

उपप्रधानमन्त्री बिष्णु पौडेलले अर्थ र गृहसहित ५ मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

पौडेललाई गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन्।

भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको थप जिम्मेवारी दिएका छन् ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन्।

केपी शर्मा ओली नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मन्त्रिपरिषद्‌मा मिति २०७८/२/२१ र मिति २०७८/२/१७ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्तिलाई  सर्वोच्च अदालतले रोक लगाएसँगै उनीहरूले सम्हाल्दै आएको मन्त्रालय मौजुदा मन्त्रीहरूलाई थप गरेका हुन्।

तपाईको प्रतिक्रिया