Advertisement
SKIP THIS
पार्टीभित्र हिंसाको कुनै स्थान छैन गगन थापा

काठमाडौं :नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीभित्र हिंसाको कुनै स्थान नभएको बताएका छन्। शुक्रबार बागमती प्रदेश सभामा कांग्रेस सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि थापाले सामाजिक सञ्‍जालमा अहिंसात्मक राजनीतिमा कांग्रेसले विश्वास गर्ने टिप्पणी गरेका हुन्।

प्रदेशसभा बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको भन्दै उनीविरुद्ध आफू महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ती पश्वचात चौतर्फी विरोध भइरहेको छ।

थापाले लेखेका छन्, ‘ वैद्यको प्रदेशसभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन। मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ।’

तपाईको प्रतिक्रिया