Advertisement
SKIP THIS
युरोकप फुटबलमा इटलीको उत्कृष्ट सुरुआत

युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ।

रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । 

टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिल र लोरेन्जो इन्जाघीले १–१ गोल गरे ।

समूह एमा इटली र टर्कीसँगै वेल्स र स्विचरल्यान्ड पनि  छन् । वेल्सी स्विचरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ । 

तपाईको प्रतिक्रिया