नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन्।
पूर्वपर्यटन सचिवसमेत भइसकेका घिमिरेलाई सरकारले २०७७ वैशाखमा कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।
योगेश भट्टराई मन्त्री हुँदा अध्यक्ष नियुक्त घिमिरे भानुभक्त ढकाल मन्त्री हुँदा पनि निरन्तर थिए।
हालैमात्र जनता समाजवादी पार्टी९महन्थ ठाकुर पक्ष०बाट उमाशंकर अगरिया पर्यटनमन्त्री हुनेवित्तिकै घिमिरेले राजीनामा दिएका हुन्।
यद्यपी घिमिरेले भने मन्त्रीसँग कुनै पनि विवाद नरहेको प्रष्ट पारेका छन्। उनले नितान्त व्यक्तिगत कारणले नेपाल एयरलाइन्स छोड्न चाहेको प्रष्ट पारेका छन्।
पर्यटनमन्त्री अगरियाले भने आफू मन्त्री हुनुपहिले नै घिमिरेको राजीनामा आएको र आज आफ्नो टेबलमा पत्र आएको जानकारी दिए।
ुउहाँले पहिले नै राजीनामा पत्र दिनुभएको रहेछ। आज मेरो टेबलमा आएको छ। उहाँले पारिवारिक कारणले आफै छोड्न चाहनुभएको रहेछ। उहाँसँग कुरा बुझेरमात्र स्वीकृत गर्ने वा नगर्ने निर्णय हुन्छु मन्त्री अगरियाले भने।
सेतोपाटी