Advertisement
SKIP THIS
दारी ग्याङ अछाम स्थापनाको एक बर्ष, कयौ परोपकारी काम

                        गालामा दाही काधमा जिम्मेवारी जस्तो नाम उस्तै काम

तारामान खड्का अछामः दारी ग्याङ अछाम स्थापनको आज एक बर्ष पुरा भएको छ।यो बिचमा दाही ग्याङले कयौ बिर्सन नसकिने परोपकारी काम गरेको छ। दाही ग्याङ विशेष गरि अहिले अछामको लागि बल्ड बैंक जस्तो बनेको छ।

दारी ग्याङ अछाम स्थापना भएकै बखत आर्थिक अभावले कर्मचारी कटौती गरेपछि बयालपाटा अस्पताल परिसरमै आत्मदाह गरेका साफेबगर नगरपालिका वडा नं ६ का सिद्धार्थ आउजीका परिवारलाई नगद सहयोग गरेको थियो , त्यो पछि अन्यले समेत मृतक सिद्धार्थ आउजीका परिवारलाई सहयोग गरेका थिए।

बयालपाटा अस्पताल परिसरमै आत्मदाह गरेका साफेबगर नगरपालिका वडा नं ६ का सिद्धार्थ आउजीका परिवारलाई नगद सहयोग गर्दै

कोरोना कहल मात्रै होईन अन्य सामान्य अवस्थामा समेत अछाम जिल्लामा कसैलाई रगत आवश्यक पर्यो की सबै भन्दा पहिले दाही ग्याङ अछाम र संयोजक उमेश कुँवरलाई फोन आउछ , हजुर मेरो बिरामीलाई तत्काल अप्रेसन गर्नु पर्ने छ , रगत दिनु पर्यो, रगतकै क्षेत्रमा काम गर्ने रेडक्रसलाई जानु पर्ने फोन अचेल दाह्री ग्याङ र संयोजक उमेश कुँवरलाई आउछ।

संयोजक कुवर तत्काल फेसबुकमा रहेको दाह्री ग्याङ अछामको गुप्र र आफ्नै फेसबुकमा स्टाटस र साथिहरुलाई फोन गर्छन । सहयोगी मन भएका रक्त दाताहरु १ फोनमा रगत दिन बयालपाटा अस्पताल र जिल्ला अस्पताल पुग्दाँ खुँसी हुन्छन ।

रगत लागि भनेरै स्थापना भएको रेडक्रस अछाम भने रगतको साटो मास्क बैंक स्थापना गरेर बसेको छ।
रेडक्रस अछामले साफेबगर र जिल्ला सदरमुकाम मंगलसेनमा रहेको आफ्नो भवनलाई मासिक रकम आउने गरी भाडामा दिएको छ।

संयोजक कुवरले तत्काल फेसबुकमा लेखे र दाताहरु जुटे र आवश्यक रगतको जोहो भयो , दोस्रो चरणको कोरोना महामारी मात्रै दाहि ग्याङले ३० प्वाइन्ट भन्दा बढी रगत दान गरिसकेको छ। स्थापनको एक बर्षमा मात्रै जिल्ला अस्पताल मंगलसेन र बयालपाटा अस्पतालमा १ सय भन्दा बढी प्वाइन्ट रगत दान गरिसकेको छ । कोही बिरामीमा आफन्तमा रक्तदातालाई रगत दान गरि सकेपछि खुवाउनु पर्ने जुस र पानी किन्न नसक्ने पैसा समेत नहुने संयोजक कुवर बताउछन ।

कोरोना महामारी त छदैछ तर अन्य समयमा समेत अस्पतालमा कुनै पनि बिरामीलाई रगत चाहिएमा हामीले सम्झिने भनेकै दारी ग्याङलाई हो स्वास्थ्यकर्मी छत्र साँउदले भने उहाँहरुको एकदमै छिटो रेस्पोन्सले बिरामीको ज्यान बचाउन मद्धत पुगेको छ । दारी ग्याङले पहल नगरेको भए रगत अभावमा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुने उनको भनाई छ । ब्लडका लागि अन्य कुनैपनि संघसंस्थाले जिल्लामा खास्सै पहल नर्गदा समस्या भएको साँउदको भनाई छ ।

यता रेडक्रस अछाममा भने आजको र अहिलेको अवस्थामा १ प्वाईट समेत रगत जम्मा नरहेको स्टक रेडक्रस अछामका अध्यक्ष खेम प्रशाद भट्टराई बताउछ , भट्टराई भन्छन जिल्लामा रगतको त्यती आवश्यक पर्दैन परे भने मंगलसैन हामिले दाताको समूह बिभाजन गरेका छौ,चाहियमा फोन गर्छौ ,अछाममा अन्य ठाउँमा समेत दाताको समूह बिभाजन गर्ने भनेका थियौ कोरोनाले रोकिदियो ।

शिबिर चलायर पनि बढी रगत जम्मा गरे यहा राख्ने ठाउँ छैन , धनगढी पठाउनु पर्छ ,त्यसकार रगत जम्माको निम्ती शिबिर सञ्चालन नगरेको रेडक्रस अछामका अध्यक्ष खेम प्रशाद भट्टराई बताउछन । ४ बर्ष अघि सामाजिक संजालबाट सुरु भएको दारी ग्याङ अहिले नेपालका ३१ भन्दा बढि जिल्लाहरुमा बिस्तार भएको छ ।

तपाईको प्रतिक्रिया