Advertisement
SKIP THIS
सरकारको मिलोमतो प्रदेश सांसद लामाको गिरफ्तारी

बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भर्सना गरेको छ ।

काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ ।

त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।

तपाईको प्रतिक्रिया