Advertisement
SKIP THIS
स्वावलम्बन लघुवित्त बित्तीय संस्था लिमीटेड डोटीद्धारा राहत बितरण

बिक्रम खड्का डोटी:कोरोना भाइरस कोभडि— १९ को दास्रो लहरको प्रभावका कारण नेपाल सरकारले निषधाज्ञा जारी गरे पश्चात् यातायातका साधन, व्यापार व्यावसाय , कलकारखान बन्द रहेकाले दैनकि ज्याला मज्दूरी गरी आफ्नो जीवीको चलाउदै आइरहेका अती विपिन्न परिवारमा असरहरु देखनि थालेका बेला स्वावलम्बन लघुवत्ति वत्तियि संस्था लीमीटेडले आफ्ना सदस्यहरुलाइ कोसेलीले स्वारुप राहत वतिरण गरेको छ ।

संस्थाले आफ्नो सामाजीक उत्तरदायत्वि अन्तर्गत कोसेली स्वरुप अति बिपन्न तथा आय स्रोत न्यून रहेका आफ्ना सदस्यहरुलाइ राहात वतिरण गरेको हो । संस्थाको शिलगढी शाखा अन्तर्गत रहेका क्षेत्रहरु अन्तर्गत दिपायल शिलगढी नगरपालीका , शिखर नगरपालीका तथा पुर्वीचौकी गाउँपालीका अन्तर्गतका न्यून आय स्तर भएका करबि ६० जना सदस्यहरुलाइ चामल, दाल, नुन र तेल गरि प्रति सदस्य एक हजारका दरले रु ६०,००० मूल्य बराबरको सामाग्री बितरण गरेको हो ।

त्यस्तै, वभिन्नि समय र घटनामा आफ्नो सामाजीक उत्तरदायत्वि जीम्मेवार पूर्वक वहन गर्दै आइरहेको संस्थाले हाल कोरोना पोजेटभि भएर आईसोलेसनमा रहेका सदस्य र निजका श्रीमानहरु लाई पनी प्रती व्यक्ती १५०० का दरले पौष्टीक आहार खरदिका निम्ती सहयोग गरेको छ । देशका ६१ जील्लाहरुमा आफ्नो संञ्जाल वस्तिार गर्दै, एक सय चालसि स्थान बाट आफ्नो सेवा प्रवाह गराइरहेको छ ।

कुल दुइ लाख एकाउन्न हजार सदस्यहरु रहेको संस्थाको चुक्ता पूँजी ९४ करोड ३० लाख रहेको छ भने बैशाख महनिा सम्मको आर्थकि प्रतविेदन अनुसारले संस्थाले करबि १७ अरब कर्जा कारोबार गर्दा १० अरब बचत संकलन गर्न सफल भएको छ । राहत वतिरण कार्यक्रममा शाखा प्रमुख शविराज भट्ट तथा संस्थाका अन्य कर्मचारीहरु बाली सिह बोहरा, अमृता जैशी जोशी र मलिन दाहाल रहका थिए ।

तपाईको प्रतिक्रिया