Advertisement
SKIP THIS
पुर्ब गृहमन्त्री बादल पत्नी बनीन् सञ्चार तथा प्रविधिमन्त्री

काठमाडौं : बिहीबार विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन्।

सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन्।

पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकलालाई मन्त्री बनाउन सफल भएका हुन्। यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए। अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन्।

त्यसैगरी स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन्।

तपाईको प्रतिक्रिया