Advertisement
SKIP THIS
सुदूरपश्चिमका मन्त्री दीर्घ सोडारी विरुद्ध प्रहरीमा जाहेरी

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीविद्ध जिल्ला प्रहरी कार्यालय कैलाीमा जाहेरी दर्ता गरेका छन्। 

उनले बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा जाहेरी दिएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार मन्त्री सोडारीविरुद्ध जाहेरी दर्ता भएका हो। उनले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको बताए। सोडारीले प्रदेश सचिव रावलमाथि आफ्नै कार्यकक्षमा सोमबार साँझ हातपात गर्दै दुव्र्यवहार गरेको आरोप छ।

उनले पार्टी सचिवको हैसियतमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशनात्मक पत्र बुझाउने बेला मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले बताएका थिए।

मन्त्रीको सचिवालयले भने रावलले नै मन्त्रीमाथि दुव्र्यवहार गरेको दाबी गरेको छ। मन्त्री सोडारी नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता हुन्। प्रदेश सचिव रावल ओली समूहका नेता हुन्।

तपाईको प्रतिक्रिया