Advertisement
SKIP THIS
यो हो एमाले भित्र समस्याको मूल जड ,योगेश भट्टराईको नजरमा

नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले पार्टीभित्रै सहकार्य नगरी बाहिरी दलसँगको सहकार्य गर्ने पार्टीका दुवै पक्षको चरित्रका कारण एकतामा समस्या भएको ठहर गरेका छन् । उनले यस्तो कसले, किन र केका लागि गर्दैछ भन्दै प्रश्न समेत गरेका छन् ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब रु’

एमाले एकताको समस्याको मुल जड यही भएको ठोकुवा गर्दै यस विषयमा नेताहरुबीचमा गम्भीर छलफल भइ साझा निष्कर्षमा पुगेर एकता बचाउनुपर्नेमा उनले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया