Advertisement
SKIP THIS
कोरोनाको खोप लगाए ,गाँजा उपहार

एजेन्सी:अमेरिकाको वासिङ्टन राज्यमा कोरोना भाइरसविरूद्धको खोप लगाए वाफत गाँजा उपहार दिने गरिएको छ।

गत सोमबार ‘जोइन्ट्स फर ज्याब्स’ नामक एक कार्यक्रमको घोषणा गर्दै २१ वर्ष माथिका नागरिकलाई तत्काल एक खिल्ली गाँजा उपहार दिने गरिएको हो। यसले गर्दा खोप लगाउन नमान्ने युवाहरू उत्प्रेरित हुने आशा गरिएको छ।

उक्त कार्यक्रम जुलाई १२ सम्म लागु हुने बताइएको छ। वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत नागरिकले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने ४९ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

यसअघि अमेरिकाको एरिजोना राज्यमा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम गरिएको थियो।

तपाईको प्रतिक्रिया