एजेन्सी:मानवमा हन्ताभाइरसको केस देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अमेरिकाको मिशिगनमा एक महिलालाई उक्त संक्रमण देखिएको हो। मान्छेमा भाइरस सरेको यो पहिलो घटना हो।
यो भाइरस मुसाको पिसाब, दिसा र थुकबाट सर्छ। भर्खर सुकेको मुसाको मल नाकभित्र परेमा वा छाला काटिएको ठाउँमा परेमा वा मुसाले जुठो पारेको पानी पिएमा वा मुसाले टोकेमा हन्ताभाइरस सर्छ।
ती महिलाले दुई वर्षदेखि खाली रहेको भवन सफा गर्ने क्रममा तिनलाई भाइरस संक्रमण भएको हुन सक्ने बताइएको छ।
उनलाई उपचार पश्चात अहिले अस्पतालबाट डिस्चार्ज गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।









