Advertisement
SKIP THIS
डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिदै

काठमाण्डौ:डेनमार्कले नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान सहयोगमा उलब्ध गराउने भएको छ । डेनमार्क सरकारले युनिसेफमार्फत नेपाललाई १४ लाख खोप उपलब्ध गराउन लागेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा।भिम सिंह तिंकरीले जानकारी दिए ।

डेनमार्क सरकारले पत्र पठाइसकेको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा। तिंकरीले बताए । एस्ट्राजेनेका खोपका लागि युनिसेफलाई स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । युनिसेफबाट पत्रको जवाफ आउन बाँकी रहेको उनले बताए ।

यस्तै अमेरिकाले पनि नेपाललाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको उनले सुनाए । सरकारले जेठ २५ गतेबाट चीन सरकारले अनुदान सहयोग दोस्रो पटक पठाएको भेरोसेल १० लाख मात्रा सरकारले खोप दिने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया