Advertisement
SKIP THIS
बन्लान त ? झपट बोहरा केन्दीय सरकारका मन्त्रीं

धनगढी : शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन्।

जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने तयारी थालेका छन्।

त्यसका लागि अहिले बालुवाटारमा छलफल चलिरहेको छ। मन्त्रालयको जिम्मेवारी पूर्वमाओवादीलाई समेत दिने गरी गृहकार्य भइरहेको एक नेताले बताएका छन्।

जसअन्तरगत सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट निक्लिएका अछामका झपट बोहोराको नाम पनि मन्त्री बन्ने लिस्टमा रहेको ती नेताले बताएका छन्। पूर्वमाओवादी नेता बोहोरा अछामका हुन्।

यस्तै अछाम क्षेत्र नम्बर २ का एमाले पूर्वसांसद यज्ञबहादुर बोगटीको नाम पनि मन्त्री बन्नेहरुको सूचिमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया