निराकरण सम्वाददाता अछाम:अछाम सहित सुदूर पश्चीम मात्रै नभई देशका मरुभुमी डाडा हरुमा पानि खुवाउदै आएका अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका २ जनालीकोटका शंकर सिंह तिरुवाको निधन भएको छ।
कोरोना संक्रमण भई भारत लखनउमा रहेको अमरुत अस्पतालमा जिवन र मृत्यु सँग लडिरहेका तिरुवाको शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
यस अघि कोरोना संक्रमणकै कारण उनकि धर्मपत्नी सुमीत्रा तिरुवाको नेपालगञ्जमा उपचारको क्रम्रमा ज्यान गएको थियो ।