Advertisement
SKIP THIS
कोरोना संक्रमित किशोरीलाई बलात्कारको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ

काठमाडौं :बलात्कारको प्रयास गर्ने एक इन्जिनीयर रोल्पाबाट पक्राउ परेका छन्।

जिल्लाको रुन्टिगढी गाउँपालिका, होलेरीमा २० वर्षीया कोरोना संत्रक्रमित किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन्।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले बताए।

पक्राउपछि उनीलाई इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा राखेर अनुुसन्धान भइरहेको छ।

युवती कोरोना संक्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया