काठमाडाैं : नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन्।
पन्तलाई काठमाडौंको मोडल अस्पतालमा भर्ना गरिएको छ। गएको मंसिरमा उनको पित्तथैलीको शल्यक्रिया भएको र त्यसको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो।
अहिले उनको थप उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।









