Advertisement
SKIP THIS
पत्रकार कठायतद्धारा तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग

डोटी:पत्रकार कैलाश कठायतले तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन् । कठायतले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन का सदस्य एबं रेडियो डोटीका समाचार प्रमुख कठायतले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ११ हजार एक सय कए रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व। तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न, संघ संस्था व्यक्तिहरु, पत्रकार, सामाजिक क्षेत्रका व्यक्तिहरु र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।

हाल सम्म कोष स्थापनाका लागि दुई लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए । लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व। खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको उनले बताए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्व। पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा पत्रकार कठायतलाई युनियले धन्यबाद सहित जन्मदिनको शुभकामना दिएको छ ।

तपाईको प्रतिक्रिया