काठमाडौ :सरकारका तीन उपप्रधानमन्त्रीले शपथ ग्रहण गरेका छन्।
शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पौडेल, राजेन्द्र महतो र रघुवीर महासेठले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
पौडेललाई अर्थ, महतोलाई शहरी विकास र महासेठलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी छ।
जसपाबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्। महासेठ यसअघि ओलीको पहिलो मन्त्रिमण्डलमा भौतिक पूर्वाधार मन्त्री थिए।