Advertisement
SKIP THIS
नेपाल आउने मनसुन भारत पुग्यो

काठमाण्डौ: नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा पुगेको छ। नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।  त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उनले बताइन्। 

सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद्ले बताएका छन्। 

यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । समयमै सुरु हुने मनसुन चार महिनासम्म रहने छ। अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बादल लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा रहेको छ।

तपाईको प्रतिक्रिया