Advertisement
SKIP THIS
अछाममा बाघको छाला सहित १ जना पक्राउ

निराकरण सम्वाददाता अछाम :अछाममा बाघको छाला सहित १ जना पक्राउ परेका छन् । जिल्लाको कमलबजार नगरपालिका वडा नं.८ ढाकुका बहादुर बहादुर बिष्ट रहेका जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

बिष्टले घरमा बाघको छाला लुकाई छिपाई राखेको गोप्य सूचना पाएपछि मंगलबार ईलाका प्रहरी कार्यलय कमलबजारबाट प्रहरी निरिक्षकलक्ष्मी प्रसाद जोशीको कमाण्डमा खटिइएको ६ जनाको टोलीले खान तलासी गर्दा बाघको छाला बिष्टले घरको गोठमा पराल भित्र लुकाई राखेको अवस्थामा पुच्छर सहितको बाघको छाला फेला परेको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

पुच्छर सहितको बाघको छाला फेला सहित प्रकाउ परेका बिष्टलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया