धनगढी :गत बिहीबार धनगढी बसपार्कमा मृत फेला परेका पुरूषको रकम लुटेर हत्या गरिएको खुलेको छ। उनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले ४ जनालाई पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिबेणी चोकका १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका स्थायी घर भइ हाल कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका ४ का २० वर्षीय अनिल कुवँर र कैलालीको घोडाघोडी नगरपालिका १ का १८ वर्षीय युवराज शाहीलाई रहेका छन्।
बिहीबार धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित प्रतिक्षालयमा ती मृतक पुरूष रगताम्य अवस्थामा फेला परेका थिए। प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा ४ जनालाई पक्राउ गरेको हो।