Advertisement
SKIP THIS
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन

काठमाडौं :विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ।

मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको छ । 

कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि उनको जेठ १४ देखि अस्पतालको भेन्टिलेटर तथा इक्मो अत्याधुनिक उपकरणबाट उपचार हुँदै आएको थियो । 

उनको जेठ १७ गते कोरोना रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा राज राणा र मुटु शल्य चिकित्सक डा विजय राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया