Advertisement
SKIP THIS
स्वास्थ्यकर्मी खनालद्धारा बयालपाटा अस्पताललाई औषधि सहयोग

निराकरण सम्वाददाता अछाम:अछाम जिल्ला साफेँबगर नगरपालीका वडा नं ५ नवाठना मुना घर भई नेपाल क्यान्सर अस्पताल एण्ड रिर्सच सेन्टर काठमाण्डौमा कार्यरत फर्मेसिस्ट तारा खनालद्धारा बयालपाटा अस्पतालाई ७ हजार ट्याबलेट सिटामोल सहयोग गरेकी छन ।

बयालपाटा अस्पतालमा बिगत १२ दिन देखि कोरोना संक्रमित भई उपचार गराईरहेका र तिनका कुरुवालाई नि शुल्क “पौष्टिक खाजा” खुवाईरहेका नेपाल बिद्यार्थी संघ र सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स सिडेन नेपाल अछामको अभियानले गर्दा आफुले अस्पतालमा औषधिको अभाव छ भन्ने थाह पाएपछि आफुले सके जति सहयोग गरेको स्वास्थ्य कर्मी खनालले बताईन ।

स्वास्थ्य कर्मी खनालले बयालपाटा अस्पतालमा बिगत १२ दिन देखि कोरोना संक्रमित भई उपचार गराईरहेका र तिनका कुरुवालाई नि शुल्क “पौष्टिक खाजा” खुवाईरहेका नेपाल बिद्यार्थी संघ र सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स सिडेन नेपाल अछामको अभियानलाई निरन्तरता दिन नगद ५ हजार सहित मास्क ग्लोस सहयोग गरेकी छन ।स्वास्थ्य कर्मी खनाल नेपाली कांगेस अछामका पुर्ब महासमिती सदस्य टीकाराम खनालकी छोरी हुन ।

तपाईको प्रतिक्रिया