Advertisement
SKIP THIS
चीनमा हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति

चीनले दुई सन्तान नीतिलाई खारेज गरेको छ। नयाँ नीति अनुसार अब हरेक जोडीलाई तीन सन्तान जन्माउन अनुमति प्राप्त भएको छ।

राष्ट्रपति सी जिनपिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले यस्तो निर्णय गरेको हो। जन्मदर घट्दै गएपछि चीनले दुई सन्तानको नीति खारेज गरेको त्यहाँका सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

यसै महिनाको सुरुमा सार्वजनिक जनगणना अनुसार गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका छन्। यो संख्या सन् २०१६ पछिको सबैभन्दा ठूलो गिरावट हो । सन् २०१६ मा चीनमा १ करोड ८० लाख बच्चा जन्मिएका थिए।

सन् २०१६ मा चीन सरकारले एक सन्तानको नीतिलाई खारेज गर्दै दुई बच्चा जन्माउन अनुमति दिएको थियो। त्यसपछि दुई वर्ष लगातार बढेको जन्मदर फेरि घट्न थालेपछि तीन सन्तानको नीति ल्याइएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ

तपाईको प्रतिक्रिया