Advertisement
SKIP THIS
सुदूरपश्चिममा देखा पर्यो दीर्घ–कोभिड’

वीरेन्द्र भट्ट धनगढीः धेरैका लागि कोरोना भाइरस हल्का लक्षण भएको सामान्य रोग भएपनि केहीका लागि भने यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ।

दीर्घ कोभिड भनेर चिनिने कोरोना भाइरसको समस्या सुदूरपश्चिममा पनि देखिएको अधिकारीहरुले बताएका छन्। महामारीका बेला जीवन बचाउने विषयमा मात्र ध्यान केन्द्रित भइरहेको अवस्थामा चिकित्सकीय परिभाषा नै नभएको कोरोनाका दीर्घकालीन प्रभावहरूको पहिचान गरेर उपचार पद्धतिमा जानुपर्ने स्वास्थ्य चिकित्सकहरु बताउँछन्। दीर्घ कोरोना भाइरस रोगका लक्षणहरुको सुची नै बनाएर समाधान खोज्नुपर्ने अधिकारीहरुको भनाई छ।

दीर्घकालीन कोरोना भाइरसबाट पीडित विरामीलाई भाइरसमुक्त हुन्छन भन्ने आधारभूत प्रश्नहरू अनिश्चितताले घेरिएका छन्। खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु स्पष्ट लक्षण हुनसक्छ। तर दीर्घ कोरोना भाइरसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची पनि छैन।

दीर्घ कोरोना भाइरस भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत लक्षण देखापर्ने गरेको अधिकारीहरु बताउँछन्।

सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डक्टर जगदिश जोशीले सामान्यतया कोरोना भाइरस लागेको ९÷१० दिनमा निको हुने गरेको पाइएपनि कतिपय व्यक्तिमा संक्रमण महिनादिनसम्म पनि निको नहुने अवस्थाका कारण लक्षण पहिचानमा समेत समस्या हुने गरेको बताए।

दीर्घ कोरोना भाइरसका विषयमा फरक फरक विचार भएपनि विषय विज्ञहरुबाटै एउटा निश्चित जवाफको अझै विकास भइसकेको छैन। कोरोनाभाइरस शरीरका अधिकांश भागबाट निस्किन सक्छ तर केही साना निश्चित अङ्गहरूमा रहिरहन सक्छ।

कोरोनाभाइरसले शरीरका विभिन्न किसिमका कोषहरूलाई एकैसाथ सङ्क्रमण गर्छ र त्यसको प्रतिरोध गर्नलाई प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ। त्यसले पनि शरीरभरि असर पु¥याउन सक्छ। कसैलाई कोरोना भाइरस भएको ९÷१० दिनमै ठिक हुने त कसैलाई महिनादिन पुग्दा पनि ठिक नहुने समस्या देखा परेको बताउँदै महाकाली अस्पतालका आइसीयु इन्चार्ज डक्टर प्रकाश ओझाले दिर्घ कोभिडका विरामी प्रदेशभित्र केहिदिन अघि बढेको पाइएपनि एकसातायता भने थोरै कमि आएको बताए।

दिर्घ रोगीहरुमा यस्तो समस्या बढि देखिने गरेको उनको भनाई छ। फोक्सोमा रहेका भाइरस यदि क्षतविक्षत भए भने त्यसले लामो समयसम्म समस्या निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन्। फरकखाले कोरोनाभाइरसकै कारण लाग्ने सार्स र मर्स रोगमा यस्तो देखिएको छ। तर कोराना भाइरस लागेको लामो समय भइसक्दा पनि निको नहुने कारण के हो भन्ने पत्ता नलागुन्जेल उपचार कसरी गर्ने भन्न पनि कठिन हुने चिकित्सक बताउँछन्।

सुदूरपश्चिममा २०७८ बैशाखदेखि जेठ पहिलो सातासम्म संक्रमितको संख्या उच्च हुँदै गएको अवस्थामा एक सातायता भने संक्रमणदर र मृत्युदरमा ५० प्रतिशतले कमि आएको अधिकारीहरु बताउँछन्।

यो सँगै दीर्घ कोभिडका विरामीको संख्यामा क्रमिक सुधार आइरहेको बताउँदै अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख जोशीले चिकित्सकीय परिभाषा र रोगको लक्षण नभएको अवस्थामा दीर्घ कोभिड भनेर भन्ने गरिन्छ, तर समयमा यस्ता विरामीको उपचार हुन नसके मृत्युको संभावना उच्च हुने बताए। उसो त चिकित्सकहरुले बिरामीमा भाइरसको मात्रा अर्थात भाइरल लोड कति छ रु भन्ने विषयले पनि निर्भर गर्ने बताउँछन्।

फोक्सोमा ५० प्रतिशत भन्दा बढि भाइरसको मात्रा भए कोरोना भाइरसको असर लामो समयसम्म रहिरहन्छ। कोरोना भाइरस भएर सामान्य लक्षणसहित सन्चो भएका विरामीसँगै दीर्घ–कोभिड लागेकाहरूको संख्यामा पनि कमी आएको अधिकारीहरुले बताएका छन्।

यद्यपि गत वर्ष मात्र यो भाइरस देखा परेको र यसै वर्षको सुरुमा विश्वव्यापी भएकाले यसबारे विस्तृत तथ्यांक उपलब्ध छैन। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण शरीरमा पर्ने असर व्यापक भएकोले निकै कम उमेरमै मुटुसम्बन्धी समस्याहरू हुनसक्ने भन्दै चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया