Advertisement
SKIP THIS
आईपीएलका बाँकी खेल युएईमा हुने

काठमाडौं:इन्डियन प्रिमियर लिग (आईपीएल)२०२१ को सिजनका बाँकी खेल युएईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई०को शनिबार भर्चुअल माध्यमबाट बसेको विशेष बैठकले यो निर्णय गरेको हो ।

बैठकमा सहभागी सबै सदस्यले सर्वसम्मत रुपमा आईपीएल पुनस् सुरु गर्न सहमत भएका थिए ।

भारतमा मनसुन सिजन सुरु हुन लागेकाले सेप्टेम्बर(अक्टोबरमा सिजनको बाँकी खेल युएईमा गरिने भएको हो । अब आईपीएलको १४ औं संस्करणको बाँकी ३१ खेल युएईमा हुनेछ ।

भारतमा कोरोना संक्रमण दर बढ्दै गएपछि बीसीसीईले २९ खेलपछि आईपीएल स्थगित गरेको थियो ।

यस्तै बीसीसीआईले यही वर्ष अक्टोबर(नोभेम्बरमा भारतमा हुने तय भएको टी(२० विश्वकप आयोजनाका लागि निर्णय गर्न समय थप माग गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया