बैतडी:बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका ३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताए। भीरबाट करिब २ सय मिटर तल खसेका थिए ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।