काठमाण्डौ:प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र अराजकतन्त्र बीचको सीमा रेखा उल्लंघन भए लोकतन्त्र नै धरापमा पर्ने चेतावनी दिएका छन् । उनले लोकतन्त्र मर्यादित, अनुशासित र विधिमा आधारित प्रणाली भएकाले लोकतन्त्रमा असहमति र मत भिन्७शधवसनताहरू स्वाभाविक भएपनि ती असहमतिलाई अभिव्यक्त गर्ने र सञ्चालन गर्ने मर्यादा, सीमा र विधि ननाघ्न दलहरूलाई चेतावनी दिए ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘ती विधिहरूको पालनाले मात्रै लोकतन्त्रलाई सफल र जनताको मनमा स्थापित गराउँछन् । लोकतन्त्र र अराजकतन्त्रका बीचमा सीमारेखा उल्लङ्घन हुन पुग्यो भने लोकतन्त्र स्वयं जोखिममा पर्छ ।’
उनले असहमतिको समाधान खोज्न हामी आफैंले बनाएको संविधान विद्यमान रहेको भन्दै तिनीमाथि विश्वास गरियो भने र तिनलाई बलियो बनाइयो भने मात्रै लोकतन्त्र सुदृढ हुने बताए । प्रधानमन्त्री ओलीले सामान्य बेलामा पनि मुलुकका प्रमुख शक्तिहरू बीच न्यूनतम सम्वाद, समझदारी र सहकार्य अपेक्षित भन्दै झन् सिङ्गो विश्वसँगै हामी पनि महामारीका विरुद्ध कठिन लडाइँ लडिरहेको यो बेला त राजनीतिक दल र समाजका सबै पक्षबीच सम्वाद, समझदारी र सहकार्य झनै आवश्यक रहेको बताए ।
‘तिक्तता, तनाव र विभाजनले क्षणिक तुष्७शधवसटि देला, तर कालान्तरमा यसको मूल्य हामीले महङ्गो गरी चुकाउनुपर्ने हुन्छ । त्यसैले म पुनः एकपल्ट मुलुकका सबै राजनीतिक दल र पक्षहरुलाई आफ्ना असहमतिहरूलाई मर्यादित, व्यवस्थित र विधिसम्मत ढङ्गले अगाडि बढाउन र तिक्तता, तनाव र विभाजनका गतिविधिबाट मुक्त हुन आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीको आग्रह छ ।