Advertisement
SKIP THIS
मालीमा सेनाद्धारा प्रधानमन्त्री रक्षामन्त्रीलाई नियन्त्रणमा

मालीस्थित संयुक्त राष्ट्रसंघको मिसनले राष्ट्रपति बह एन्ड र प्रधानमन्त्री मोक्टर ओउएनेलाई तत्काल रिहा गर्न मागे गरेको छ । उनीहरुलाई सैनिकले हिरासतमा रहेको खबर सार्वजनिक भएसँगै राष्ट्रसंघले यस्तो माग गरेको हो ।

फ्रेन्च भाषामा ट्वीट गर्दै राष्ट्रसंघीय सिमनले खराब बन्दै गएको पश्चिम अफ्रिकी देशमा शान्तिका लागि आव्हान गरेको छ ।

यसअघि सैनिकहरुले राजधानी बामाको नजिकै रहेको काटी सैन्य क्याम्पमा अन्तरिम राष्ट्रपति एन्ड ओउएनेलाई लगिएको खबर सार्वजनिक भएको थियो ।
यससँगै देशमा दोस्रो कु हुनसक्ने त्रास फैलिएको छ । रक्षामन्त्री सोलीमाने डोउकोरे पनि हिरासतमा रहेको बताइएको छ ।

मालीमा सरकार पुनर्गठन भएको केही घण्टामै राष्ट्रपति र प्रधानमन्त्री पक्राउ परेका हुन् । पुनर्गठनका क्रममा गत वर्षको कू मा महत्वपूर्ण भूमिका खेलेका दुई वरिष्ठ सैन्य अधिकारी सरकारबाट हटेका थिए । मालीमा नौ महिनाअघि मात्रै सैन्य कु भएको थियो ।

जसकारण तत्कालीन राष्ट्रपति बोउबकर केइटा पदबाट हटाइएका थिए । त्यतिबेला सेनाले गरेका सुधार र हत्ता हस्तान्तरणका वाचा पूरा गर्नमा ढिलाई गरेपछि अहिले जनता आक्रोशित बनेका छन् । छोटो समयमै फेरि अस्थिरता निम्तिएको छ ।

तपाईको प्रतिक्रिया