Advertisement
SKIP THIS
बन मन्त्रीं आलेद्धारा चीन सरकारले दिएको अक्सिजन सिलिण्डरमा आफ्नो फोटो राखेर बितरण

धनगढीः आफ्नो विभिन्न गतिविधिले बेलाबेलामा चर्चामा रहिरहने वन तथा वातावरण मन्त्री प्रेम आले आजभोलि एउटा तस्बिरले पुनः चर्चा छन्।

सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद आले चीन सरकारले दिएको अक्सिजन सिलिण्डरमा आफ्नो फोटो राखेर वितरण गरिरहेको तस्बिरले उनी सामाजिक सञ्जालमा भाइरल छन्।

आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएका उनले सिलिण्डरमै आफ्नो फोटो अंकित स्टिकर टाँसेपछि उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

उनले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत वितरण गरेका छन्।

मन्त्री ओलेले सिलिन्डरमा मात्रै होइन औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्।

तपाईको प्रतिक्रिया