Advertisement
SKIP THIS
डा.भिम रावलद्धारा अछामका दुई अस्पताललाई स्वास्थ्य उपकरण तथा समाग्री सहयोग

अछाम:प्रतिनिधी सभा सदस्य माननिय डा। भिम रावलले अछामका दुई अस्पताललाई स्वास्थ्य उपकरण तथा समाग्री उपलब्ध गराएका छन् ।

पूर्व उपप्रधान एवंम गृह मन्त्री रावलले जिल्ला अस्पताल मंगलसेन र बयालपाटा अस्पतालका लागि ५५ थान १० लिटरका अक्सिजन कन्सन्टेटर उपलब्ध गराएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रावलको पहलमा दुई वटै अस्पताललाई थप २२ हजार थान मास्क र २०२० लिटर हेण्ड सेनिटाईजर समेत प्राप्त भएको छ ।

कोरोना महामारीका बेला जिल्लाका दुई अस्पतालले बिरामीको उपचारमा उल्लेख काम गरको भन्दै आफ्नो पहलबाट सहयोग उपलब्ध गराएको डा.रावलले बताए ।

डा.रावलको पहमा करुणा प्रतिष्ठान नेपालले बिआईए प्रतिष्ठान नेपालको बिषेश सहयोगमा अछाम पुर्याएको थियो ।

डा.रावलले कोरोना भाईरसको संक्रमण तथा जोखिमका बेला अस्पताललाई उपलब्ध गराएका अक्सिजन कन्सन्टेटर तथा स्वास्थ्य सामाग्री जिल्लामा दुवै अस्पताललाई आज हस्तान्तरण गरिएको छ । उक्त सामाग्रीले दुइटै अस्पतालमा उपचाररत कोभिड संक्रमितहरुलाई अक्सिजन आपूर्तिमा ठूलो राहत पुग्ने र स्वास्थ्यकर्मीहरुलाइ समेत सहज बताईएको छ ।

तपाईको प्रतिक्रिया