Advertisement
SKIP THIS
दर्ता भयो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) आखिर कस्को

काठमाडौं :निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)दर्ता भएको छ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताको निवेदन दिएका हुन ।

नेकपा (एकीकृत)मा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष रहेको नेता राईले जानकारी दिए । नयाँ दर्ता भएको पार्टीको चुनाव चिह्न कलम राखिएको छ ।

वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र भने पाउन बाँकी रहेको बताइएको छ । आयोगका अनुसार यो पक्रियामै छ ।
शनिबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सरकार हटाउने खेलमा लागेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित ११ जनालाई स्पष्टीकरणसमेत सोधेका छन ।

तपाईको प्रतिक्रिया