काठमाण्डौ:नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् ।
हाल देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् । हाल देशमा संक्रमण निको हुने दर प्रतिशतको हिसाबमा ७५।८ रहेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८।५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१।४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १।२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।
हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । केही सातायता निरन्तर निषेधाज्ञा जारी भएपनि संक्रमण दर भने घट्न सकेको छैन ।










