निराकरण सम्वाददाता अछाम :अछाममा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ।
शुक्रबार कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल अछाममा मंगलसेन नगरपालिका वडा नम्बर ९ का ४९ बर्षिय पुरुषको गए राति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
८ दिन अघि मात्र कोरोना संक्रमण पुष्टि भएर अस्पतालको आईशुलेसनमा उपचार गराईरहेका पुरुषको स्वास्थ्य अबस्था सुरु देखि नै गम्भीर अबस्थामा रहेको अस्पतालका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिईन ।
अछाम जिल्लामा दोस्रो लहरको कोरोनाका बाट १४ जनाले ज्यान गुमाईसेकका छन