सरीता खड्का अछाम :लुंग्रेली समाजले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।
कोरीया जापाल ,युएयी ,अमेरीका भारत मा बस्दै आउनु भएका उँहाहरुले संकलन गरी पठाएको रकले स्वास्थ्य सामाग्राी खरीद गरी बितरण गरीएको हो ।
करिब ८२ हजार बराबरको लागतमा खरिद गरिएका उक्त सामाग्री गाउँ पालिकाको वडा नम्बर ५ लुंग्रामा रहेका प्रत्येक ब्याक्तिहरुलाई पुग्नेगरी १५ हजार सर्जिकल मास्क बितरण गरिएको र स्वास्थ्य चौकिमा पनि २ थान नेबुलाईजर,६ थान अक्सोमिटर, मास्क लगाएतका समाग्री हस्तान्तरण गरिएको लुंग्रेजी समाज समाजका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिए।
साथै कोरोना कोषमा सहयोग गर्ने दाताहरुलाई सहयोगका लागि अपिल गरे। कार्यक्रममा वडा नं ५ वडाका अध्यक्ष टेक बहादुर खड्का , लुंग्रेली समाजका अध्यक्ष कृष्ण बहादुर खड्का , लुंग्रेली समाज प्रबासका उपाध्यक्ष भरत खड्का लागायत अन्य पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
लुङग्रेली समाजले कोरोना माहांमारिबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षाका मापदणको पालना गर्न अनुरोध गरेको छ ।