सरीता खड्का अछाम:लुङ्रेली समाज चौरपाटी गाउँपालीका ५ लुंग्रा अछामले कोरोना महांमारी नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।
कोरीया जापाल ,युएयी ,अमेरीका मा बस्दै आउनु भएका उँहाहरुले संकलन गरी पठाएको रकले स्वास्थ्य सामाग्राी खरीद गरी बितरण गरीएको हो । सो रकम बाट १५ हजार पिस मास्क लुङ्ग्रेली समाजका सदस्य एबम पदाधिकारी मार्फत प्रत्येकको घर घरमा पुग्ने गरि बितरण गरेको छ भने स्वास्थ्य चौकी लुंग्रालाई २ थान नेबुलाईजर लगायतका अन्य स्वास्थ्य लगायतका अन्य स्वास्थ्य हस्तान्तरण गरिएको छ ।
लुंग्रेली समाजले स्थापना भए देखि भिन्न सामाजिक क्षेत्रमा सहयो गर्दै आएको अध्यक्ष कृष्ण बहादुर खड्काले बताउनु भएको छ ।सथै कोरोना कोसमा सहयोग गर्ने दाताहरुलाइ सहयोगका लागि अपिल गर्नु भएको छ ।
कार्यक्रममा वडा नं ५ वडाका अध्यक्ष टेक बहादुर खड्का , लुंग्रेली समाजका अध्यक्ष कृष्ण बहादुर खड्का , लुंग्रेलीसमाज प्रबासका उपाध्यक्ष भरत खड्का लागायत अन्य पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । लुङग्रेली समाजले कोरोना माहांमारिबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षाका मापदणको पालना गर्न अनुरोध गरेको छ ।









