निराकरण सम्वाददाता अछाम:नेपाल बिद्यार्थी संघ र सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स सिडेन नेपाल अछामले सयुक्त रुपमा बयालपाटा अस्पतालमा उपचार कोरोना संक्रमित र कुरुवालाई नि शुल्क “पौष्टिक खाजा” खुवाउने अभियानको बिहिबारबाट थालनी गरेको छ ।
पहिलो दिन बिहिबार २० जना बिरामी र २० जना कुरुवा गरेर जम्मा ४० जनालाई “पौष्टिक खाजा” वितरण भएको नेपाल बिद्यार्थी संघ अछामका नेता उमेश कुँवरले जानकारी दिए । “पौष्टिक खाजा“मा चना अण्डा केरा र मिनिरल वाटर रहेको छ । अद्यपी दिन अनुसार फरक फरक हुने अभियान्ता हरुले बताएका छन ।
अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई प्रसस्त मात्रमा पौष्टिक खानेकुराको आवश्यक पर्ने हुदाँ यस्तो महामारी अस्पताल नजीक खानेकुरा समेत नपाईने हुदाँ अस्पतालका निर्देशक डा.मन्दीप पाठक सँगको सल्लाह अनुसार दिउँसोमा “पौष्टिक खाजा“को खुवाईने अभियान सञ्चालन भएको नेता कुवरले बताए ।
हाललाई स्व स्फुर्त रुपमा अभियान सञ्चालन भएको यस अभियानलाई निरन्तरता दिन सबैले सहयोग गर्न सकीने अभियानका अभियान्ता सरोज शाहलेले बताए ।