Advertisement
SKIP THIS
निःस्वार्थरूपमा सेवा गर्न युवा संघ टीकापुरका युवाहरू सक्रिय

टीकापुर: टीकापुर अस्पतालमा कोरोना संक्रमित र तिनका कुरूवाहरूका लागि एमाले समर्थित युवा संघ नेपालका युवा शक्ति विभागका संयोजक अशोक रावलको अगुवाइमा निःशुल्क नास्ता (दुध–अण्डा) र खाना खुवाउने अभियान शुरू गरिएको छ । धन्य छ विपत्तिका समय उच्च मानवता प्रदर्शन गर्दै अभियानमा निःस्वार्थरूपमा सक्रिय युवाहरूलाई ।

गत वर्ष क्वारेन्टाइन व्यवस्थापन (खाना, नास्ता, वेड विस्तारा, औषधीमूलो) का नाममा स्थानीय तहमा लाखौं रूपैयाँ हिनामिना भएको भन्दै व्यापक टीकाटिप्पणी भएका थिए । ती निकायले अहिले पनि यत्तिको त गर्न सक्थे नि होइन र ???

टीकापुर अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउन वाध्य हुँदै गरेकाहरूको राहतका लागि निजी स्तरबाट छाक काटेर अक्सिजन सर्पोट अभियान चलाउँदासम्म स्थानीय सरकारमा बसेकाहरूले व्यक्तिगत सहयोग कत्तिको गरेका छन् ? त्यसतर्फ समेत स्थानीयवासी र सचेतवर्गले चासो बढाएका छन् ।

तपाईको प्रतिक्रिया