पोखरा:गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे ९राजीव गुरुङ० फेरि मन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । यद्यपी उनी काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी भएनन् ।
यसअघि मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन मनाङेलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङेपनि परेका हुन् ।
मुख्यमन्त्रीले मनाङेसहित किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री बनाएका हुन्